स्थानीय सरकारसंग परामर्श गरेर समाधिस्थलको टुंगो लगाउँछौ : प्रदेशसभा सदस्य पुलामी

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा क्रिसमसको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सोमबार बागमती इसाई एकता समाज र राई मिसन समाजको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले स्थानीय सरकारसंग आवश्यक परामर्श लिएर समाधिस्थलको विषयमा टुंगो लगाउने बताउनुभयो । उहाँले सकेसम्म सार्वजनिक स्थल वा खाली जग्गालाई प्रयोग गर्नेबारे छलफल गरिने पनि बताउनुभयो । समाधिस्थलको अभाव भोगिरहेका इसाई समाजले नीजि जग्गा प्रयोग गर्न बाध्य छन् ।

साथै सरकारले क्रिसमसका दिन बिदा कटौती गरेको विषयमा पनि उहाँले बागमती प्रदेश र पालिकाभित्र सार्वजनिक बिदा दिलाउने सम्बन्धमा पनि आवश्यक पहल गरिने बताउनुभयो ।

समाजका अध्यक्ष सामुएल राईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जीवन गोले, माओवादी केन्द्र मकवानपुरका नेता विवेक राई, इसाई समाजका जीवन राई, गोरक बहादुर राई र ज्ञानु राई लगायतको उपस्थिती रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.