बिप्लप नेतृत्वको अखिल (क्रान्तिकारी ) अध्यादेशको पक्षमा, अध्यादेश तुरुन्त लागु गर्न दवाब

हेटौंडा। अखिल (क्रान्तिकारी) मकवानपुरले सरकारले ल्याएको अध्यादेशलाई रोक्न साम्राज्यवादी षड्यन्त्र लागि परेको भन्दै त्यसको विरोध गरेको छ । अध्यादेशको विरोधमा चौतर्फी दबाब आइरहेका बेला बिप्लप नेतृत्वको अखिल (क्रान्तिकारी) ले भने अध्यादेशको समर्थन गर्दै तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको हो ।

शुक्रबार हेटौंडा –२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडी भएको कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सीले जुनसुकै हालतमा तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरे । उनले सहमति लागू गर्ने मामलामा सरकारले आलटाल गर्न खोजे संघर्षमा उत्रिने समेत बताएका छन् ।

कार्यक्रममा सहभागी भएका अखिल (क्रान्तिकारी) मा आवद्ध विद्यार्थीहरुले तीन बुँदे सहमती लागु गर, बुर्जुवा शिक्षा प्रणाली खारेज गर, शैक्षिक व्यापार बन्द गर, शैक्षिक माफिया होसियार, वैदेशिक हस्तक्षेप बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद, एमसिसी खारेज गर, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागु गर भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.