बकैया । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले बकैया गाउँपालिका वडा नम्बर ९ मा रहेको शिखरपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । बिहिवार एक कार्यक्रमको अवसरमा प्रदेश सांसद छिन्तुले स्वास्थ्य चौकीका ईन्चार्ज अमर स्याङ्तानलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
पुलामीले आफ्नो सांसद विकास कोष मार्फत आएको बजेटबाट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रममा बोल्दै पुलामीले एम्बुलेन्स अभावमा आफ्ना क्षेत्रका जनता स्वास्थ्य सेवा पाउनबाट बञ्चित नहोऊन् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो ।
उहाँले आफु सदैव स्वास्थ्य क्षेत्रको विकासमा तत्पर रहेको उहाँको भनाई थियो । उहाँले बाँकी रहेका स्वास्थ्य चौकीलाई समेत एम्बुलेन्स प्रदान गर्न पहल गरिने बताउनुभयो ।
सांसद छिन्तुले प्रदेशसभा सदस्यमा बिजयी गराउनुहुने सबै मतदाताहरुमा धन्यवाद ज्ञापन समेत गर्नुभयो । कार्यक्रम वडा नम्बर ९ का वडाध्यक्ष टंकध्वज लोप्चनको अध्यक्षतामा भएको हो ।