हेटौंडामा लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया

हेटौंडा । हेटौंडामा बिहिवार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर र फ्रि मिडिया नेटवर्कको संयृुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सल्लाहकार एवं बरिष्ठ पत्रकार निर्मला शर्माले हरेक मानिसले आ आफ्नो दायित्व र कर्तव्य निर्वाह ग¥यौ भने कोहिमाथि पनि अन्याय, हिंसा नहुने जिकिर गर्नुभयो । प्रमुख अतिथी शर्माले महिलामाथि हुने हिंसाका घटनामा पिडितको पहिचान सकेसम्म गोप्य राख्ने जस्ता विषयमा सम्बन्धित निकाय जिम्मेवार रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले हिंसा न्यूनिकरणमा सबै निकायको भूमिका महत्वपूर्ण रहने र सबै क्षेत्र जिम्मेवार पनि हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक बामदेव गौतम, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, माइती नेपालका प्रमुख माया लामा, हेटौंडा उपमहानगरकी कार्यपालिका सदस्य ईश्वरी रसाइली,पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, फ्री मिडिया नेटवर्कका प्रतिनिधि, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार संगठनका अध्यक्षहरु पत्रकार, प्रहरीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा मैत्रीपूर्ण फुटसलका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । महिला पत्रकार र महिला सञ्जालबीच भएको खेलमा महिला सञ्जाल विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *