हेटौंडामा आयोजित फिचर समाचार लेखनसम्बन्धी प्रशिक्षण सकियो

हेटौंडा । मकवानपुरे पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सुरु भएको फिचर समाचार लेखन सम्बन्धी प्रशिक्षण बिहिवार सकिएको छ । ४ दिनदेखि हेटौंडामा जारी रहेको प्रशिक्षणमा मूख्य प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघ केन्द्रिय सल्लाहकार एवं वरिष्ठ पत्रकार निर्मला शर्मा रहनुभएको थियो ।

प्रशिक्षक शर्माले तालिम अवधिभर फिचर समाचार कसरी लेख्ने ? , कस्ता बिषयबस्तु फिचरका लागि छनौट गरिने, खोजी समाचार के हो ? सूचना स्रोतको पहिचान तिनको प्रयोग तथा पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी गराउनुभएको थियो । प्रशिक्षक शर्माले पत्रकारहरु हरेक विषयमा जिज्ञासु हुनुपर्ने र खोजी समाचारमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ केन्द्रिय समितिको कार्यक्रम अनुसार नै देशैभर पत्रकारहरुका लागि प्रशिक्षण दिइएको कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

तालिममा मकवानपुरमा कार्यरत विभिन्न सञ्चारसंस्थाबाट करिब २५ जना पत्रकार सहभागि भएका थिए । उनीहरुले तालिमबाट फिचर समाचार लेखनबारे धेरै जानकारी पाएको बताएका छन् ।

फिचर समाचार भनेको पत्रकारिताको महत्वपूर्ण विषय हो । यसले कुनै घटनाको व्याख्या गर्दछ । समाचारले तथ्यमात्रै प्रस्तुत गर्दछ भने फिचरले तथ्यसंगसंगै ज्ञान पनि दिने गर्दछ ।

पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा मंसिर १९ गतेदेखि प्रशिक्षण सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *