पत्रकार कुटपिटको विषयमा पत्रकार महासंघसहित विभिन्न संघसंगठनको ध्यानाकर्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले मकवानपुरे पत्रकारमाथि भएको आक्रमणको बिरोधमा ध्यानाकर्षण भएको जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ती जारी गर्दै पत्रकारमाथिको आक्रमणप्रति घोर भत्र्सना गर्नुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद एंव नेपाली काँग्रेसका नेता ईन्द्र बानियाँबिरुद्ध समाचार लेखेको आरोप लगाउँदै बानियाँ समर्थक राजेश भेटवालसहितको २२ जनाको टोलीले आइतबार बेलुकी पत्रकारद्धय रामकुमार एलन र रमेश बञ्जारालाई पल्पसा सदनमा आक्रमण गरिएको थियो । पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त समूहले हातपात र दुर्व्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

समाचारमाथि चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जनसकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको र उक्त कार्यप्रति महासंघले निन्दा समेत गरेको छ । महासंघले आक्रमणमा संलग्नका पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रुपमा काम गर्ने वातावरण बनाउन पनि सम्बन्धित निकायसंग माग गरेको छ ।

यसैबिच, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकारद्धय रामकुमार एलन र रमेश बञ्जारामाथि भएको आक्रमणको बिरोध गरेको छ । महासंघ मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्माद्धारा जारी विज्ञप्तीमा घटनामा संलग्न दोषीहरुलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।

यता, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले पनि पत्रकारमाथि भएको आक्रमणको घोर भत्र्सना गरेको छ । प्रेस सेन्टर नेपाल मकवानपुर शाखाले पनि प्रेस विज्ञप्ती जारी गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण सारु मगरलाई समेत अपशब्द प्रयोग गरी दुर्व्यवहार गरिएको र समाचार लेखेकै विषयमा पत्रकारद्धय रामकुमार एलन र रमेश बञ्जारमाथि आक्रमण भएकोप्रति सेन्टर मकवानपुरले घोर आपत्ती प्रकट गरेको छ । प्रेस सेन्टर मकवानपुर सचिव एमपी शर्माद्धारा जारी गरिएको विज्ञप्तीमा दोषीलाई कानुनी दायारामा ल्याई कारवाही गर्न माग गरिएको छ ।


त्यसैगरी , प्रेस चौतारी नेपाल मकवानपुरका सचिव रुपक कालिराजद्धारा विज्ञप्ती जारी घटनामा संलग्नमाथि कडा कारवाही गर्न माग गरिएको छ । पत्रकारमाथि कुटपिट र दुर्व्यवहार जस्ता घटनाले पूर्ण प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने बताइएको छ । समाचारप्रति असहमती भए कानुनी उपचार खोजिनुको साटो अनाहकमा आक्रमण र गालीगलौजमा उत्रिएकोप्रति चौतारीले खेट प्रकट गरेको छ ।

मंसिर १६ गते बागमती एक्सप्रेस साप्ताहिकमा नेपाली काँग्रेसबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार महलक्ष्मी उपाध्याय (डिना) र क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्य उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गराउन पार्टीभित्र भएको घात÷अन्तर्घातको विषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारमा असन्तुष्टि जनाउँदै काँग्रेस कार्यकर्ताले पत्रकारद्धयमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी घाइते भएका पत्रकारद्धयको हेटौंडाको सञ्चो हस्पिटलमा उपचार भएको र अहिले अवस्था सामान्य रहेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *