मैत्रीपुर्ण फुटसल प्रतियोगितामा महिला संजाल विजयी

नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा महिला संजाल विजयी भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा संजालले मकवानपुरे पत्रकार महिलाको टोलीलाई २१ गोल अन्तरले पराजित गरेको हो ।

संजालको तर्फबाट लक्ष्मी श्रेष्ठ र एलिसा जिम्बाले ११ गोल गर्नु भएको हो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा पत्रकार महिलाको टोलीबाट सम्झना घिमिरेले सान्त्वना गोल गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, विभिन्न संगठनका प्रतिनिधीहरु, महिला संजालमा आवद्ध विभिन्न संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष सरला अधिकारीले स्वागत गर्नु भएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.