मकवानपुर २ (क) मा कुमारी मोक्तान बिजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तान बिजयी भएकी छिन् । मोत्तानले १९ हजार ८७३ मत ल्याएर बिजयी भएकी हुन् । उनले नेकपा एमालेका बिष्णु प्रसाद ढकललाई ३२२ मतान्तरले पराजित गरेकी छिन् । ढकालले १९ हजार ५५१ मत ल्याएका छन् ।

मोक्तानले बिजयी हासिल गरेसंगै मतगणना स्थल बाहिर बिजयी उत्सब भइरहेको छ । यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट मोक्तान बिजयी भएकी थिइन् । उनी त्यसबखत् १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

मोक्तान यस अघि दुई पटक सांसद भइसकेकी छिन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिईन् ।

उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । मोक्तान २०७८ कात्तिक ११ गते बागमती प्रदेशकी सामाजिक विकास मन्त्री नियुक्त भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *