मकवानपुर १ मा डिनाको जित्ने संभावना बढ्दै

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ की लोकतान्त्रिक उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले सुरुवातदेखि अग्रता कायमै राखेकी छिन् । हालसम्म ५३ हजार ३९६ मत गणना हुँदासम्म डिनाले १८ हजार १८ मत पाएकी छिन् ।

डिनाको मूख्य प्रतिस्पर्धीको रुपमा रहेका सूर्य चिन्ह लिएर चुनाब लडेका कमल थापाले १६ हजार १२७ मत पाए । डिनाले १ हजार ८९१ मतका साथ थापालाई पछि पारेकी छिन् ।

यसैगरी, राप्रपाका दिपक सिंहले १२ हजार ५४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २ हजार ३५७ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिकाका विभिन्न वडाहरुको मतगणना अझै गणना हुन बाँकी नै छ । यस हिसाबले डिनाले आफ्नो मतान्तर बढाउँदै लैजाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *