हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) बिजयी नजिक पुगेका छन् ।
प्रदेशसभातर्फको ३७ हजार ९९१ मत गणना गरिसक्दा छिन्तुले १४ हजार ९२९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कमल बिष्टले १३ हजार ५६ मत पाएका छन् । छिन्तु बिष्टभन्दा १ हजार ८७३ मतका साथ अगाडी छन् । राप्रपाका सागर थापाले ७ हजार २३६ मत ल्याएका छन् ।
उक्त संख्यामा मत गणना हुँदासम्म १ हजार ४३३ मत बदर भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । यस क्षेत्रमा ४६ हजार २३० मत खसेको थियो । अझै बागमती गाउँपालिका वडा नम्बर १, २, ३,४ र ५ नम्बर वडाको ८ हजार २३९ मत गणना हुन बाँकी रहेको छ ।