![](https://bagmatisandesh.com/wp-content/uploads/2022/11/315527939_704806987550938_4295225257239145091_n-1024x768.jpg)
![](https://bagmatisandesh.com/wp-content/uploads/2023/11/20240425_144623.jpg)
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ बिजयी हुनुभएको छ । श्रेष्ठले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गरेका हुन् ।
श्रेष्ठले पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन् ।
श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दा पराजुलीले १३ हजार ३५६ मत पाए । राप्रपाका गुञ्जन बहादुर न्यौपानेले १२ हजार ५७७ मत पाएका छन् । यस क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो ।
![](https://bagmatisandesh.com/wp-content/uploads/2023/07/surti.jpg)