

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्र बहादुर बानियाँ बिजयी भएका छन् । बानियाँले प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई १ हजार ७८२ मतान्तरले पराजित गरेका छन् ।
बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्दा थापाले १६ हजार ९३४ मत पाएका थिए ।
२०७४ सालको निर्वाचनमा पनि बानियाँ सोही क्षेत्रबाट १९ हजार २४५ मत पाएर बिजयी भएका थिए ।
