

हेटौंडा । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुरको मतगणना सुरु भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु गरिने भएतापनि व्यवस्थापनमा केहि ढिलाई भएपछि मध्यान्ह ११ बजे ४५ मिनेटमा सुरु गरिएको छ ।

हेटौंडा २ सिद्धार्थ माविको दुईवटा भवनमा क्षेत्र नम्बर १ र २ मा प्रत्यक्षतर्फ खसेको मत गणना भइरहेको छ । क्षेत्र नम्बर १ अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेको मतगणना अहिले चलिरहेको छ । अर्को भवनमा क्षेत्र नम्बर २ अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ९ को मतगणना चलिरहेको छ ।

हिजो सम्पन्न निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिृकत निरौलाका अनुसार प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा १ लाख ७८ हजार २८२ मत खसेको छ । जसमा ९२ हजार ८७७ जना पुरुष, ८५ हजार ४ सय जना महिला र अन्य ५ जनाले मतदान गरेका छन् ।
