बागमती । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुरको बागमती गाउँपालिकामा १२,६३६ मत खसेको छ । पालिकाको ९ वटै वडाहरुमा उक्त संख्यामा मत खसेको हो ।
वडा नम्बर १ मा १३५२, वडा नम्बर २ मा १५७५ , वडा नम्बर ३ मा ७६२ , वडा नम्बर ४ मा १३३५, वडा नम्बर ५ मा १३६८ , वडा नम्बर ६ मा १,६०२, वडा नम्बर ७ मा १५४२, वडा नम्बर ८ मा १५२३ र ९ नम्बर वडामा १५७७ मत खसेको छ । मतदानका दिन मतदाताहरुमा खासै उत्साहजनक अवस्था देखिदैन । मतदाताको कम उपस्थितीले मतदानमा खटिएका कर्मचारीहरु घाम तापेरै बस्नुपर्ने अवस्था देखिएको थियो ।
यस गाउँपालिकाभरी २१,०६३ जना मतदाता संख्या रहेका छन् ।
