हेटौंडा । नेकपा बहुमतले शुक्रबार हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोधस्वरुप बहुमतले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा मसाल जुलुस निकालेको हो ।
जुलुसपछि आयोजित कोणसभामा बोल्दै प्रमुख अतिथी एवं मकवानपुर जिल्ला संयोजक शक्तिले कथित निर्वाचनले देश र जनताको हित नगर्ने बताए ।
निर्वाचनले गर्दा केन्द्रदेखि गाउँ गाउँसम्म भ्रष्टाचार मौलाएको, महंगी बढेको, स्वास्थ्य , शिक्षा , रोजगारी जस्ता जनताका आधारभूत आवश्यकताका क्षेत्रमा भ्रष्टाचार हुने गरेको बताउँदै प्रमुख अतिथी शक्तिले यसको बहिष्कार गर्नु नै नेपाली जनताको प्रमुख दायित्व भएको बताए ।
मसाल जुलुसको नेतृत्व नेकपा बहुमत हेटौंडा नगर ईन्चार्ज आलेकले गरेको जनाइएको छ ।