गणतन्त्र, धर्मनिरपेक्ष र विकासका लागि जित्नु आवश्यक छ : गठबन्धन उम्मेदवार

गढी । गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धीमा फड्को मार्न लोकतान्त्रिक बाम गठबन्धनले जित्नुको विकल्प नभएकोमा नेताहरुले जोड दिएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनामा बिहीबार लोकतान्त्रिक बाम गठबन्धनद्धारा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनका उम्मेदवारहरुले यस्तो बताएका हुन् ।


मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले एमाले नेतृत्वको गठबन्धन संविधान, गणतन्त्र, संघीयताको विरोधी भएको भन्दै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनै पर्ने बताए । ‘एमालेले देश, संविधान, गणतन्त्र, संघीयता विरोधी राजेन्द्र लिङदेन, सिके राउत, कमल थापाहरुसँग गठबन्धन गरेको छ,’ उहाँले भन्नुभयो ।

‘राजेन्द्र लिङदेन र कमल थापासँग माया प्रिती गाँसेर अगाडी बढेको पार्टी (एमाले) आउँने दिनमा कुन बाटो तिर जाला ?’ उहाँले भन्नुभयो, ‘कमल थापाको यो गणतन्त्र ल्याउन योगदान छ ? यो प्रजातन्त्र ल्याउन योगदान छ ? योगदान छ, तपाई हामीलाई लठ्ठी हान्न, गोली हान्न, जेल हाल्न ।’

लोकतान्त्रिक बाम गठबन्धन नै सच्चा राष्ट्रवादी, विकासप्रेमी, अग्रगामी शक्ति रहेको भन्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका उहाँले एमालेले राजावादी र देशद्रोही बोकेकाले जनताले पत्तासाफ गर्ने जिकिर गर्नुभयो । ‘हामी गणतन्त्र र प्रजातन्त्रका लागि लडेका, राणा शासन विरुद्धमा लडेका शक्ती एक ठाउँमा गठबन्धन बस्दाखेरी टाउँको दुःखाई हुने ?’ उहाँले भन्नुभयो, ‘राप्रपा र कमल थापासँग अँगालो हालेर प्यार मोहब्बत गर्ने अनि तराईको जिल्लाहरु भिन्नै राष्ट्र बनाउँनुपर्छ भन्ने सिके राउतसँग अँगालो हाल्ने ?, बिनाश काले विपरित बुद्धी ।’

नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले जनताले गठबन्धनकै संघीय र प्रदेश सरकार बनाउँन जिताए आफुहरुले विकास र निकास दिने प्रतिबद्धता जनाउँनुभयो । ‘यहाँको जनताको बिचमा के बचन व्यक्त गर्न चहान्छु भने विश्वास गर्नुस् गठबन्धनको सरकार, प्रदेश सरकार पक्कै बन्छ,’ उहाँले भन्नुभयो, ‘यहाँको विकास र निकास सबैको सुझाबमा गठबन्धन सरकारले दिन्छ ।’

आफु चार पार्टीसँगै पिछडिएको जनता र किसानको उम्मेदवार भएको भन्दै देश र जनताको लागि गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । ‘कुमारी मोक्तान माओवादीको मात्र उम्मेदवार होईन, काँग्रेस, समाजवादी, जनमोर्चासहित चार वटै दल, पिछडिएको जनता, किसान सबैको उम्मेदवार हो, त्यसैले गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले बिजय गराईदिन अनुरोध गर्छु,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मकवानपुरगढी गाउँपालिका ईन्चार्ज सरोज खनाल, नेपाली काँग्रेसका रामशरण धिताल, नेकपा (एकीकृत समाजवादी)का नेता विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरगढी ५ को सिमल्टारदेखी धादिङ–भालुखोलाहुँदै वडा नम्बर ६ को डुम्रेकुनासम्म घरदैलो गरेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.