बागमती । लोकतान्त्रिक बाम गठबन्धनतर्फका क्षेत्र नम्बर १ उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनाबीसभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने जिकिर गर्नुभयो ।
उम्मेदवार उपाध्यायले यस क्षेत्रमा राष्ट्रिय गौरबका आयोजनाका काम ल्याउने पनि बताउनुभयो । उहाँले आफु यहि जनताकै लागि आएको र जनताकैबीचमा रहेर काम गर्ने दाबी गर्नुभयो । यस क्षेत्रमा अधुरा र अपुरा रहेका विकास निमार्णलाई समेत पूर्णता दिन आफ्नोतर्फबाट सक्दो प्रयास रहने उहाँको भनाई छ ।
उम्मेदवार उपाध्यायले देश र जनताको समृद्ध र विकास चाहने भनेकै गठबन्धन सरकारले रहेको बताउनुभयो । उहाँले देशलाई नयाँ दिशामा पु¥याई आर्थिक समृद्ध हासिल गर्न गठबन्धनलाई जिताउनुपर्ने उहाँको भनाई छ ।