बकैया ३ कान्द्राङमा बेलिब्रिज निमार्ण गर्न पहिलो प्राथमिकता दिन्छौ : छिन्तु

कात्तिक ३० गते , बकैया । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले घरदैलोलाई तिब्रता दिनुभएको छ । भोट हाल्न ४ दिन मात्र बाँकी रहँदा छिन्तुले मतदातालाई भोट अपिल गर्दै घरदैलोलाई तिब्रता दिनुभएको हो ।

उम्मेदवार छिन्तुले बुधवार बकैया र बागमती गाउँपालिकाका केहि वडाहरुमा घरदैलो गर्नुभएको छ । बिहान बकैया गाउँपालिका वडा नम्बर ३ स्थित कान्द्राङमा भएको घरदैलोका क्रममा स्थानीयले पुल निमार्णका लागि पहल गरिदिन छिन्तु समक्ष आग्रह गरे । पुल नहुँदा गाउँपालिका कार्यालय रहेको स्थान हात्तिसुँढे आउजाउ गर्न, स्वास्थ्य सेवा प्राप्त गर्न, विद्यालय आउजाउ गर्न तथा सदरमुकाम हेटौंडा आउजाउ गर्न समेत समस्या भइरहेको उनीहरुको गुनासो छ ।

गुनासो सुनिसकेपछि गठबन्धन उम्मेदवार छिन्तुले यस स्थानमा बेलीब्रिज निमार्णमा पहिलो प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारको बजेट अपुग भएको अवस्थमा केन्द्र सरकारको थप सहयोग लिएर भएपनि पुल निमार्ण सम्पन्न गराएरै छाड्ने बताउनुभयो ।आफु यहि गाउँठाउँमा हुर्किएको मान्छे भएको बताउँदै छिन्तुले जनताको दुखलाई सुखमा परिणत गर्नु नै आफ्नो मूल उद्धेश्य रहेको जिकिर गर्नुभयो ।

उहाँले मुलुकको अस्थिरता चाहने र जनताको अधिकार कुण्ठित गर्ने प्रतिगामीहरु अहिले देशभक्त बनेर गाउँगाउँ भोट माग्न आइरहेको भन्दै त्यस्ता दुई चरित्र भएकालाई जनताले बेलैमा चिनेर पाखा लगाउनुपर्ने दाबी गर्नुभयो ।

उम्मेदवार छिन्तुले गठबन्धनको सरकार नै मुलुकको विकास र समृद्धी चाहने शक्ति भएको बताउनुभयो । उहाँले गठबन्धन सरकार बने जनताको सुनौलो दिन आउने पनि बताउनुभयो । त्यसका लागि मंसिर ४ गते रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभयो ।

यसैबिच, प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले आजै बामगती गाउँपालिका वडा नम्बर ४ झुरझुरे स्थित थली र ७ नम्बर वडाको धनसइमा पनि घरदैलो कार्यक्रम गर्नुभएको छ । घरदैलोमा गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल , नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले र समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *