मतदाताको शिर निहुरिने काम गर्नेछैन : पराजुली

हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको शिर निहुरिने काम नगर्ने बताएका छन् । चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले जनताको मतको सधैं सम्मान गर्दै जनताकै चाहना बमोजिम साझा भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

मकवानपुर प्रदेश राजधानी भएपनि यहाँको भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको सुनाए । यसअघि जितेर गएकाहरु मतदाताकोमा फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले गठबन्धन दलका उम्मेदवारले यस्तो गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाए । यसअघि पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको पराजुलीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *