विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट : कमल थापा

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेद्बार  कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताउनुभएको छ। विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएकोले सहकार्य गर्दै एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन लडेको भनाई थियो ।

मंगलबार मकवानपुरको हेटौंडा१४ मा भएको चुनावी सभामा बोल्दै थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता भएको उहाँले बताउनुभयो ।

मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताउनुभयो ।

मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न पनि आफु चुनाबमा होमिएको जानकारी दिनुभयो । थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको समेत स्मरण गर्नुभयो। गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा थापाले जोड दिनुभयो । अहिले बिदेशी शक्तिको आडमा कठपुतली सरकार चलिरहेकोले यसलाई अन्त्य गरी एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बनाउन उहाले आग्रह गर्नुभयो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर १ (ख) का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै  कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *