थाहा । समानुपातिक, समाबेशीता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसहितको संबिधानको रक्षा तथा सुशासन र विकास निर्माण गर्न बाम लोकतान्त्रिक गठबन्धन सरकार फेरी अति आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ आग्रा, मोरियामा मंगरबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी सभामा बक्ताहरुले संविधान, सुशासन र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा ९माओबादी केन्द्र०की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ ९क० उम्मेद्वार कुमारी मोक्तानले सम्बोधन गर्नु भएको थियो ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएको प्रमुख अतिथी बिरोध खतिवडाले गठबन्धन सरकार बनेपछि उत्तरी क्षेत्रमा बिकासका लागि धेरै बजेट ल्याएको भन्दै संबिधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘काँग्रेस–माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनको सरकारले थाहासहित उत्तरी क्षेत्रमा धेरै बजेट ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न र विकास निर्माण धेरै गर्न गठबन्धनलाई जिताउँनु होस् ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको विशिष्ट अतिथी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको दाबी गर्नुहुँदै आफुले जितेमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता जनाउँनुभयो । ‘तपाईहरुकै प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्न म फेरी उम्मेदवार भएर आएको छु,’ उहाँले भन्नुभयो, ‘स्थायी र प्रभावकारी बिकास गर्नको लागि म लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्दछु ।’
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, नेकपा ९एकीकृत समाजवादी०का बागमती प्रदेश सदस्य गौतम बुद्ध लामाको आतिथ्य रहेको थियो ।
साथै, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती माईकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापती खड्ग गोपाली, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, माओवादी केन्द्रका मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, थाहा नगर सचिव लक्ष्मण बिष्ट, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेदवार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमअघि आयोजित घरदैलो थाहा नगरपालिका १ ओखरबजार–थाहा २ फाँटबजार–फेदीगाउँ–थाहा ७ चिसापानी–डाँडाबास–गैह्रीगाउँहुँदै थाहा मोरियामा पुगेर कोणसभामा परिणत भएको थियो ।