जनप्रतिनिधि भएर जनताको सेवा गर्न सांसदमा जान खोजेको हुँ : दिपक सिंह


मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले आफु भत्ता खान टोपी ढल्काउन र मन्त्री बन्न सांसदमा जान नखोजेको बताएका हुन् ।

शनिवार हेटौंडा ४ र ८ नम्बर वडाको घर दैलो अभियान तथा कोण सभाका क्रममा उम्मेद्बार सिंहले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त आफु सांसदमा जान खोजेको बताएका हुन् ।

सिंहले पार्टीमा अनेक संकट आउँदा चट्टान बनि उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताउनुभयो । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरि कार्यकर्ताहरुलाई मतदान गर्ने शिक्षा देखि राजेन्द्र लिङ्देनले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे।

यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको सिंहको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानुन बनाउन पहल गर्ने , युवा र विद्यार्थीहरुको विषयमा आवाज उठाउँने र मकवानपुरको विकासमा आहोरात्र खट्ने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *