लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मत माग्न ब्यस्त

लोकतान्त्रिक बाम गठबन्धन मकवानपुरका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु जनताको समस्या बुझ्दै घरघर पुगी भोट(मत) माग्न व्यस्त छन् । यसैबिच, प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले शुक्रबार हेटौंडा उपमहानगरपालिका १ मा घरदैलो अभियान गर्नुभएको छ ।


हेटौंडा १ को चाइनाक्वाटर देखी जरुवाटोल हुँदै चौकिटोलसम्म मत माग्दै घरदैलो अभियान गरिएको थियो । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी के

न्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले घरघरमा पुगी जनतासँग प्रत्यक्ष रुपमा मत माग्नु भएको थियो ।
हेटौंडा उपमहानगरपालिकाका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । भेटघाट क्रममा स्थानीयवासीले जितका लागि शुभकामना दिदै आफ्नो क्षेत्रमा विकास, निर्माणसँगै सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिदिन आग्रह गरेका थिए ।


यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले भीमफेदी गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनाब प्रचारप्रसारका क्रममा कार्यक्रम आयोजना गरेको छ । भीमफेदी गाउँपालिका ८ ईपा, भीमफेदी ५ सोलुभञ्ज्याङ र भीमफेदी ७ कोगटेमा चुनाबी कोणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तान लगायतले सम्बोधन गरेका थिए । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा  सदस्य उम्मेदवार बिरोध खतिवडाले देश र जनताका लागि सडक आन्दोलनमा उत्रेका र जेल परेकाहरुको गठबन्धन भएकाले ढुक्कले भोट हाल्न आग्रह गर्नुभयो ।

‘हामी देश र जनताको लागि लडनेहरुले नै गठबन्धन बनाएका छौ’, उहाँले भन्नुभयो, ‘आकाशे सपना देखाउने, हावाबाट बिजुली निस्कीन्छ, रेल आउँछ भन्ने एमालेलाई विश्वास नगर्नुस्, अब जे गर्छ गठबन्धनले गर्छ ।’मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धन सरकार आएपछि मात्र विकासको कामले गति लिएको भन्दै गठबन्धनलाई भोट दिनुपर्नेमा जोड दिनुभयो ।

‘जसलाई हामीले आफ्नै जिल्ला मकवानपुरको भनेर मुख्यमन्त्री(एमाले) बनायौ, तर उसैले यस क्षेत्रको विकासको लागि बजेट दिएन,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकार आएपछि छोटो समयमा पनि विकासको कामहरु भएको छ, अब फेरी गठबन्धनको सरकार आउँछ यहाँको विकास हुन्छ, त्यसैले मतको सदुपयोग गर्न गठबन्धनलाई नै भोट दिनुहोला ।’

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.