वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी

बागमती । बागमती गाउँपालिकामा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । शुक्रबार भएको खेलमा वडा नम्बर ४ ‘बी’ ले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पराजित गरेको हो । जितका लागि जर्सी नम्बर ७ का शंकर घलानले गरेको गोल नै अन्तिम निर्णायक बन्न पुग्यो ।

प्रतियोगिताको उपाधी जितेसंगै वडा नम्बर ४ ‘बी’ ले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्धितिय भएका वडा नम्बर ३ ले नगद २५ हजारसहित शिल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट गोलकर्ताको रुपमा वडा नम्बर ४ ‘बी’ कै ३ जनाले जनही एक हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ ‘बी’ कै उमेश पाख्रिन उत्कृष्ट गोल किपर भए भने सर्वोत्कृष्ट खेलाडी भिम बज्यु घोषित भएका छन् ।

बिजेता र उपविजेतालाई मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु ) ले पुरस्कार हस्तान्तरण गर्नुभयो । (छिन्तु ) ले आफु खेल प्रेमी भएको बताउँदैे खेल क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सम्पूर्ण सहयोग रहने बताउनुभयो । खेल मैदानलाई व्यवस्थित बनाउनेदेखि नयाँ खेलाडी उत्पादनमा प्रदेश सरकारबाट विशेष योजना ल्याइने जिकिर गर्नुभयो ।

कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले खेल क्षेत्रको विकास हेतु हरेक वडातह बाट खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिका र प्रदेश सरकार मिलेर खेलाडी प्रोत्साहन कार्यक्रम ल्याउने पनि बताउनुभयो ।

वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य प्रमिला लामा पुलामी,नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो । गत कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.