मुलुकलाई निकास दिने गठबन्धन नै हो : छिन्तु


बागमती । मकवानपुर निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) उम्मेदवार प्रेम बहादुर पुलामी ( छिन्तु) ले मुलुकलाई निकास दिने भनेकै लोकतान्त्रिक बाम गठबन्धनले भएको जिकिर गर्नुभयो । शुक्रबार बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभारामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउने काम गठबन्धनको भएको बताउनुभयो ।

उम्मेदवार छिन्तुले जनताको अधिकार सुनिश्चित गर्ने संविधानलाई नमान्नेहरुलाई भोट दिनु नपर्ने बताउनुभयो । उहाँले जनताले ल्याएको अधिकार स्थापित गर्ने पार्टीहरु मिलेरै गठबन्धन भएको भन्दै मंसिर ४ मा जसरी पनि गठबन्धनको बिजयी हुने दाबी गर्नुभयो ।

चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिनले आफु जनताकै सेवाका लागि निरन्तर लडिरहेको बताउनुभयो । पिछडिएका वर्गको उत्थानका लागि माओवादीको भूमिका अहम् भएकाले यसपटकको निर्वाचनमा समानुपातिक उम्मेदवारतर्फ गोलाकारभित्रको हँसिया हथौडामा भोट दिई आफुलाई बिजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।

गठबन्धनले आजै बागमती गाउँपालिका ५ भोर्लेनीमा पनि चुनाबीसभा आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *