सुडेनीको न्यूनतम पारिश्रमिक दिलाउन पहल गर्छौ : गठबन्धन उम्मेदवार


बकैया । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरु महालक्ष्मी उपाध्याय (डिना) र प्रेम बहादुर पुलामी (छिन्तु) ले सुडेनी स्वंयसेविकाहरुसंग अन्तरक्रिया गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तिसुढेमा छलफल भएको हो ।

छलफलमा सुडेनी स्वयंसेविकाहरुले आफुहरुको कामको मूल्याङ्कन गरिनुपर्ने माग गरेका छन् । दिनरात नभनी गाउँ–गाउँसम्म मातृशिशु सेवा पु¥याइरहेको बताउँदा समेत सञ्चार खर्च मात्रै उपलब्ध हुने गरेकोमा दुखेसो पोखे ।

सुडेनी स्वंयसेविकाहरुको गुनासोपछि बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार (डिना ) ले आफु बिगतदेखि महिला अधिकारको लागि लड्दै आईरहेको र आगामी दिनमा पनि लडिरहने बताउनुभयो । उहाँले आफु बिजयी भए सुडेनी स्वंयसेविकाको समस्याको विषयमा नीति निमार्ण तहबाटै हल गरिने दाबी गर्नुभयो ।

यसैगरी, प्रदेशसभा सदस्य उम्मेदवार (छिन्त) ले सुडेनी सेवाको उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । सुडेनीलाई सञ्चार खर्च मात्र होइन, न्युनतम पारिश्रमिकका लागि प्रदेश सरकारले पहल गरिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *