यस्ता छन् कुमारी मोक्तानले जित्ने आधारहरु


हेटौंडा । निर्वाचनको मिती नजिकिए संगै मतदाताहरुले उम्मेदवारहरुको जित हारका पुर्ब अनुमान लगाउन थालेका छन् । मतदाताहरुले बिगतका मतभार, निर्वाचन क्षेत्रमा गरिएको कार्यप्रगती र समाबेशितालाई समेत आधार मानेर यस्ता आंकलनहरु गरेका हुन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा सत्तारुढ ५ दलिय गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एबम् मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको सम्भावना बलियो बन्दै गएको बताइन्छ । थाहा नगरपालिकाकी रिता बिष्टले कुमारी मोक्तानलाई प्रदेश सभा सदस्यमा विजयी भएको घोषणा गर्न मात्र बाँकी रहेको बताउनुभएको छ । उहाँको अनुसार भोट हाल्न आतुर भएर थाहाका मतदाता बुेका छन् । निडर महिता नेतृ मोक्तानलाई जिताउदा महिलाहरुको जित हुने उहाँको तर्क रहेको छ ।

यसैगरी भिफेदीकी मतदाता अप्सरा लामाले मोक्तान कसको प्रतिष्पर्धी भन्दा पनि संघियता, धर्म निरपेक्षता र अग्रगमनको पक्षधर भएको कारण गाऊँघरका मतदाताले रुचाएको बताउनुभयो । उहाँको सरल र हक्की स्वभाब अनि ईमान्दारिताको कारण पनि मतदाताहरु पुनः मोक्तानलाई जिताउन चाहेको लामाले जनाउनुभयो ।

त्यसैगरी गढीकी निलम पाख्रिनले पनि मोक्तानका कारण छोरी बुहारीले उच्च शिक्षा सम्म निशुल्क पढ्न पाउने भएकोले पुनः मोक्तानको पक्षमा मतदान गरिने जनाउनुभयो । उहाँको अनुसार मोक्तानको जित शिक्षाप्रेमी जनसमुदायको जित रहेको छ ।

‘सांसद हुँदा नै गाउँगाउँको विकासमा भुमिका खेल्नुभएको मोक्तानले मन्त्री भएपछि धेरै बजेट विनियोजन गर्नु भएकाले जनताले मोक्तानलाई नै भोट दिने मन बनाईसकेका छन्,’ स्थानीय एमाले नेताले भने । यसअघि १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको मोक्तानलाई जनताले यसपटक अझबढी भोट दिने समेत उनले बताए ।

बिद्यार्थीदेखी जनसरकार प्रमुख हुँदै सामाजिक विकास मन्त्रीसम्मको यात्रा

२०३६ सालमा जन्मनुभएकी मोक्तानले २०५० सालमा बिद्यार्थीबाट राजनैतिक यात्रा सुरु गर्नुभयो भने केहि समय पछी नै अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) महिला संगठनमा संगठित हुँदै पार्टी संगठनमा लागेर राजनैतिक यात्रालाई उचाईमा लैजानुभयो । २०५६ सालमा जेल तत्कालिन नेपाली सेनाबाट पक्राऊ पर्नुभएको मोक्तान २०५८ मा रिहा भैसकेपछी २०५९ मा जिल्ला पार्टी सचिब बन्नुभयो ।

२०६० मा पार्टीको क्षेत्रिय ब्युरो सचिब हुंदै २०६१ मा तामाङमुक्ती मोर्चाको केन्द्रिय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बन्नुभयो । । शान्ति सम्झौतामार्फत् २०६३ सालमा बिधायिका सदस्य मनोनित हुनु भएको मोक्तान २०६४ सालमा तत्कालिन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनु भएको थियो ।

त्यसैगरी २०७४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । २०७८ मा ५ दलिय गठबन्धनबाट सामाजिक विकास मन्त्री समेत बन्नुभयो । हाल सामाजिक विकास मन्त्री संगै मोक्तान नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज हुनुहुन्छ । तत्कालिन जनयुद्धमा लाग्नुभएकी आफ्नी आमाको प्रेरणाबाट मोक्तानले पनि राजनैतिक यात्रा तय गर्नुभएको हो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.