निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ :एकालाल श्रेष्ठ

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आगामी निर्वाचनको परिणाम नेकपा एमालेको पक्षमा आउने बताउनुभएको छ ।


बुधबार हेटौंडा ६,७ तथा २ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार श्रेष्ठले एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने बताउनुभएको हो ।

एमालेले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन एमालेले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताउनुभयो । निर्वाचनमा नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट फैलाइएका विभिन्न भ्रमहरु जनताले बुझिसकेको बताउनुभयो ।

एमालेले उठाएका राजनीतिक स्थायीत्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक बिकास र समृद्धि लगायतका मुद्धाहरुलाई जनताले महशुस गरेको बताउनुभयो । जनताले महशुस गरेका कुराहरूलाई एमाले सरकार बनेपछि पूरा गरेर छाड्ने एमालेको सङ्कल्प रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *