

हेटौंडा । नेकपा एमालेका उम्मेदवारहरु गठबन्धनतर्फका उम्मेद्वार महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका उम्मेद्वार दिपक बहादुर सिंहको वडामा आक्रमक रुपमा अघि बढेका छन् । एमालेका तर्फका मकवापुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ का उम्मेद्वार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडा–२ का हरेक टोलमा आफ्ना प्रचार प्रसारको कामलाई तिब्र रुपमा अगाडी बढाएका छन् ।
सत्ता गठबन्धनलाई कठपुतलीको संज्ञा दिदै एमालेबाट उम्मेद्वार बनेका थापा र श्रेष्ठले आफुहरु सूर्यचिन्हबाट विजयी हुने बताउँदै मतदाता भेटघाटलाई तिब्रता दिदै आएका हुन् ।
बुधवार नेवार समुदायका बाहुल्यता रहेको हेटौंडा –२ मा थापा र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार एकलाल श्रेष्ठलाई त्यहाँका नेवारहरुले ‘सगुन’ खुवाएर भव्य रुपमा स्वागत गरेका थिए । सबैभन्दा धेरै नेवार समुदाय बस्ने २ नम्वर वडामा थापा र श्रेष्ठलाई स्वागत गर्दै त्यहाँका नेवारहरुले एमालेका उम्मेद्वारहरुलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
