हेटौंडा । मकवानपुर घरजग्गा व्यवसायी संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । केहिदिन अघि देखी संघले जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने देखीका आन्दोलनको कार्यक्रम मंगलबार सार्वजनिक गरेको थियो ।
मंगलबारनै मेयर,उपमेयर लगाएत सघंका पदाधिकारी तथा राजनितिक दलका प्रतिनिधिहरु बसेर मंसिर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखिक सहमती पछि संघले बुधबार देखी आफना सबै घोषित कार्यक्रमहरु फिर्ता लिएको हो ।
बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले व्यवसायीहरुको समस्यालाई आफुले नजिकबाट बुझेको र यो समस्या समाधान गर्न आफु लागीपरेको तथा आगामी मंसीर ४ गते हुने निर्वाचन पछि चरणवद्ध बर्गीकरणका कामहरु अगाडी बढाउने मौखिक सहमती गरेकाले आफना घोषित कार्यक्रमहरु फिर्ता भएको अध्यक्ष घिमिरेले जनाएका हुन ।
पत्रकार सम्मेलनमा हेटौडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले मंसिर ४ गतेको निर्वाचन पछि बस्ने पहिलो कार्यपालिकाको बैठकबाट वर्गीकरणका कार्यहरु अगाडी बढाउने तयारी भएको बताउनुभयो ।
सबै निर्णयहरु भैसकेपनि कार्यपालिकाको बैठकबाट सबै वडाहरुमा वर्गीकरणका लागी नगरपालिकाले पत्रचार गर्न बाँकी रहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, मकवानपुर घरजग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत संचारकर्मीहरु तथा व्यवसायीहरुको सहभागीता रहेको थियो ।