बिरोध खतिवडामाथि दुर्व्यवहार गर्ने व्यक्ति माओवादीको होईन : सर्केश घलान

हेटौंडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडामाथि दुर्व्यवहार भएको घटनाप्रति नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्र मकवानपुर अध्यक्ष सर्केश घलानले विज्ञप्ती जारी गर्दै घटनाप्रति खेद समेत व्यक्त गर्नुभएको छ ।

उम्मेदवार खतिवडामाथि दुव्र्यवहार गर्ने व्यक्ति माओवादी केन्द्रमा आवद्ध रहेको भन्ने समाचारप्रति पनि माओवादीले खेद प्रकट गरेको छ । घटनामा संलग्न व्यक्ति आफ्नो पार्टीको साधरण सदस्य समेत नरहेको पनि अध्यक्ष घलानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै अवका दिनमा पुष्टी गरेर मात्रै समाचार संप्रेषण गरिदिन माओवादीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *