घर जग्गा व्यावसायी संघले बुझायो प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ज्ञापनपत्र

हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघले हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गिकरणको विषय कार्यान्वयन गराउन माग गदैै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । मंगलबार दिउँसो संघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जग्गा वर्गिकरणको विषयमा उपमहानगरपालिकासंग छलफल गर्ने बताउनुभयो । उहाँले निर्वाचनको समयमा धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम नगर्न समेत संघका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

यसैगरी, मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा उपमहानगरपालिकाका प्रशासकिय अधिकृत शिवराज चौलागाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार नै संघका पदाधिकारीहरुसहितको जुलुस लिएर प्रशासकिय अधिकृत चौलागाईलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *