घर जग्गा व्यवसायी संघले आन्दोलनको कार्यक्रम गर्ने

हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । जग्गा वर्गिकरणको विषयलाई कार्यान्वयन गराउन हेटौंडा उपमहानगरपालिकालाई पटक –पटक मौखिक तथा पत्राचार गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै संघले बुधबारदेखि आन्दोलनको कार्यक्रम गर्ने जनाएको छ ।

जसअन्तर्गत भोली कात्तिक २३ गते बिहान १०ः३० देखि मध्यान्ह १२ः३० सम्म उपमहानगरपालिकाको गेटमा धर्ना गर्ने, २४ गते बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म उपमहानगरको मूख्य गेटमा तालाबन्दी गर्ने बताएको छ ।

यसैगरी आन्दोलनको तेस्रो दिन बिहान १० बजेदेखि उपमहानगरका प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिने र पाँचौ तथा अन्तिम दिन उपमहानगरको सम्पूर्ण सेवा ठप्प पार्ने संघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले जानकारी दिए ।

संघका अध्यक्ष घिमिरेका अनुसार सरकारले जग्गा वर्गिकरणको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको अवस्थामा सबै प्रक्रिया पु¥याउँदा समेत उपमहानगरले नापी कार्यालय र मालपोत कार्यालयलाई लिखित पत्रचार गर्न ढिलाई गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । संघका सदस्यहरु यहि मागलाई लिएर मेयर मिना लामा समक्ष प्रक्रिया मिलाउन आग्रह गर्दा उल्टै गाली खानु परेको उनीहरुको आरोप छ ।

तर, मेयर लामाले भने जग्गा वर्गिकरणका विषयमा छलफल गरेर मात्रै निर्णय लिइने बताइसक्नुभएको छ । संघका सदस्यहरुले आफुलाई यस विषयमा अनावश्यक दवाब दिन खोजेको उहाँको भनाई छ ।

जग्गा वर्गिकरणको विषय कार्यान्वयन नगरिदिदाँ घर जग्गाको कारोबारमा मन्दी आएको, महत्वपूर्ण सामाजिक कार्यहरुमा अवरोध भएको , असाधारण रोग लागेकाहरुले उपचार नपाएको, बास्तविक अंशवण्डा रोकिएको, बैंक तथा वित्तिय संस्थाबाट चर्को दबाब व्यवसायीहरुले खेप्नुपरेको संघले जनाएको छ ।

हेर्नुहोस विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *