

हेटौंडा । मकवानपुरको पूवि क्षेत्र बकैयाँ गाउँपालिकाका दुइ वटा वडामा नेकपा एमालेको सभा भएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरेर आज सभा गरिएको हो । घरदैलो र सभामा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार कमल विष्ट व्यस्त रहनु भएको छ । जिल्लाको पूवि क्षेत्रमा रहेका नागरिकका समस्याहरुमा चुनाव जितेपछी पनि सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउँदै दुवै उम्मेदवारहरु दिनहुँजसो व्यस्त रहनु भएको छ । आज बकैयाँ गाउँपालिकाको वडा नम्बर–१ को महादेवथान र वडा नम्बर–२ को तीनढुंगेमा सभा गरिएको हो ।
यसक्षेत्रका नागरिकले वर्षौदेखि समस्याको रुपमा भोग्दै आएका सडक, खानेपानी र विजुलीका समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता जनाइएको प्रदेशसभा ९क० का उम्मेदवार कमल विष्टले वताउनुभयो । स्थानीयले पुस्तौदेखि आफुहरुले उपभोग गर्दै आएको लालपुर्जाको समस्या समाधान गर्नका लागि पहल गर्ने समेत उम्मेदवार थापा र विष्टले स्थानीय माझ प्रतिवद्धता जनाएका छन् ।
स्थानीयहरुले चुनावपछी गाउँमा परेका हरेक समस्या समाधान गर्नका लागि नेताहरु समक्ष आफ्ना क्षेत्र, टोल, स्थानीय तहका समस्याहरु राखेका छन् । दुवै जना उम्मेदवारहरु अली बाक्लो गाउँ भएका स्थानमा घरदैलो र पातलो वस्ती भएका गाउँमा सभा गर्ने गरिएको छ । कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
