भिमफेदीमा महेश र विष्णुको घरदैलो, चुनाव जितेपछी जनताका हरेक समस्यामासंगै रहने प्रतिवद्धता

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले आज भिमफेदी गिाउँपालिकाको बिभीन्न वडाको घरदैलो कार्यक्रममा व्यस्त रहनु भएको छ ।


घरदैलो र टोल टोलमा आयोजित सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाण्डौ र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने वताउनुभएको छ । स्थानीय वासिन्दाहरुले पुराना विजयी भएका नेताहरु चुनाव जितेर गएपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको र अबका उम्मेदवारहरु अहिले चुनावका बेलामा आएजसरीनै पछी पनि आफ्ना समस्या समाधान गरेमा मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।


बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई उहाँहरुले संबोधन गर्नुभयो ।


त्यसैगरी भीमफेदीका अनेरास्वीयुको कार्यकर्ताले गरेको भेलामा समेत दुवैजना उम्मेदवारहरुले संबोधन गर्नुभयो । उम्मेदवार वतौला र ढकालले स्थानीय वासिन्दाका हरेक समस्यामा आफुहरु संगै रहने र विकासका काममा पनि केन्द्रीत रहने बताएका छन् । अरु दलका दुइजना उम्मेदवार जस्तो आफुले आफुलाई पनि मतदान गर्न नमिल्ने नभइकन आफुहरु स्थानीय क्षेत्रको उम्मेदवार पनि भएकाले आफ्ना पक्षमा मतदान गरेर पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्नु भएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.