बागमती गाउँपालिकामा छिन्तुको घरदैलो, विकास र परिवर्तन हेर्न बागमती आउनुस् : छिन्तु

बागमती । आसन्न निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले न्याय हराए गोर्खा जानु भन्ने भनाई स्मरण गर्दै विकास हेर्न मन लागे बागमती गाउँपालिका आउनुपर्ने बताउनुभएको छ ।

बागमती गाउँपालिका वडा नम्बर ६ र ७ मा आयोजित वडा स्तरीय चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य समेत रहनुभएका पुलामीले पालिकाको विकासमा आफ्नो भुमिका प्रष्टाउदै बागमती गाउँपालिकामा नमुना विकास भएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारले बागमती गाउँपालिकाको मुहार फेरेको उहाले दावी गर्नुभयो ।

उहाले नेपाली राजनीतिमा गर्विलो ईतिहास भएको बागमती गाउँ पालिकाको इतिहास कायम गर्न आम नागरिकलाई अपिल पनि गर्नुभयो । पुलामीले भन्नुभयो – हिजो व्यवस्था बदल्न गठबन्धन गरेउ अब अवस्था बदल्नु छ । उम्मेदवार पुलामीले जनतासङ्ग गरेको वाचा पूरा गर्ने बताउनुभयो ।

बागमतीको विकास अझै बाकी रहेको बताउदै पुलामीले स्थानीय जनताको आवश्यकता र मागको आधारमा विकासका योजना ल्याईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘म यै गाउँको हुँ उम्मेदवार पुलामिले भन्नुभयो मलाई आफ्नो परिवारको सदस्य मान्नुस् । जनताको हरेक सुखदुःखमा आफू सधँै सङ्गै रहेको उहाले प्रष्ट पार्नुभयो ।’

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उम्मेदवार पुलामीले प्रतिगमन ढाल्नको निम्ति गठबन्धनको आवश्यकता भएको बताउनुभएको छ । उहाले हिजो राजतन्त्र ढाल्न र आज प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको प्रष्ट पार्नुभयो ।

संघमा महालक्ष्मी उपाध्याय डिनालाई रुख चिन्हमा मतदान गर्न र प्रदेशमा गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस मकवानपुरका जिल्ला सदस्य डम्बरबहादुर बिकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन र प्रतिगमनलाई हराउन आग्रह गर्नुभयो ।

घरदैलो अभियान तथा चुनावी कार्यक्रम अन्तर्गत आज बागमती गाउँ पालिका वडा नम्बर–६ कयरखोलामा भेटघाट तथा अन्तरक्रिया गरिएको थियो भने बागमती गाउँ पालिका वडा नम्बर–७ बाख्रेमा वडा स्तरिय चुनावी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चुनावी अभियान वडा नम्बर–७ का संयोजक डिल्लिप्रसाद घोरासैनी को अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष विश्वास माझी, थाहा नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, राज सापकोटा, बागमती गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष उत्तरबहादुर भोलन, अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटी सचीव रामकृष्ण शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो ।

चुनावी अन्तर्गत भोलि २२ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ का घरदैलो कार्यक्रम, २४ गते बागमती गाउँपालिका वडा नम्बर–९ बेतिनिमा सभा तथा चुनावी अभियान गरिने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य जीवन गोलेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *