‘विकासलाई उचाईमा पु-याउँन गठबन्धनको विकल्प छैन’ : मोक्तान

ईन्द्रसरोबर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले पहिले पार्टी एकता नभएकाले जितेर पनि सोचे जस्तो काम गर्न नपाएकाले अब लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्ने बताउँनु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका २, टोड्केचौरमा सोमबार आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो समयामा गठबन्धनको सरकार भएकै कारण विकासको कामहरु अगाडी बढेकाले गठबन्धनको जित अति आबश्यक रहेको जिकिर गर्नुभयो ।


‘केपी ओलीसँग मिल्दा हुन नसकेको विकासको काम अहिले गठबन्धन सरकारले गरेको छ,’ उहाँले भन्नुभयो, ‘जितेर गएपछि गाउँगाउँका जनताको गुनासोलाई सुनेर काम गर्ने छौ ।’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उहाँले आर्थिक आत्मनिर्भर बनाउँन महिलाका लागि साना उद्योग खोल्न आबश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।


नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले एमाले सरकारले गर्न नसकेको काम बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले गरेको दाबी गर्दै गठबन्धनले दोब्बर भोटले चुनाब जित्ने दाबी गर्नुभयो । नेकपा एकीकृत समाजवादीकी मकवानपुर सचिव मिना लामाले गाउँगाउँमा पुल बनाउने देखी सडक, खानेपानी योजना निर्माणसम्म गठबन्धनको सरकारले महत्वपूर्ण काम गरेको भन्दै पालिकाहरुमा बिकासका लागि पनि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।


यसैबिच, ईन्द्रसरोबर गाउँपालिका २, भालुखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले माओवादीसँग एमालेले सहमती तोडेर धोका दिएकाले जनताको आशा अनुसार धेरै काम गर्न नसकेको भन्दै अब गठबन्धनलाई विश्वास गर्न र विकासका लागि तयार रहन आग्रह गर्नुभयो । सोमबारै ईन्द्रसरोबर गाउँपालिका २, छापखरियामा पनि लोकतान्त्रिक बाम गठबन्धनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.