मकवानपुरको मनहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *