पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो ।

यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएका छन् । उनी हिजो अस्पतालबाट डिस्चार्ज भएका हुन् । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *