जन जनमा मनमनमा गठबन्धनका उम्मेद्वार

थाहानगर । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा ऐले उम्मेद्वारहरु घरदैलो, सभा, भेटघाटमा ब्यस्त रहेका छन् । यसैबिच बाम लोकतान्त्रिक गठबन्धनका मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु चुनाब प्रचारप्रसारमा ब्यस्त छन् ।

आइतबार गठबन्धनका उम्मेद्वारहरु नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा, नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तान, नेपाली कांग्रेस बागमति प्रदेश सभापति तथा प्रदेश सभा मकवानपुर २ (ख) उम्मेद्वार इन्द्र बहादुर बानियाँ संयुक्तरूपमा थाहानगरको बिभिन्न कार्यक्रममा सहभागी भए ।

उम्मेद्वारहरुले मतदाताको गुनासा, सुझाव सुन्दै अब गुनासो गर्ने बाताबरण नबनाउने र मतदाताको सुझाब अनुसार नै कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसै क्रममा उम्मेद्वारहरुले आइतबार थाहा ११ को नौखण्डेमा गठबन्धनको चुनाब प्रचारप्रसार कार्यालय उद्घाटन गरे, महाङ्काल, नर्वेढुङ्गा लगायतको टोल र १२ को लितिमा मतदाता भेटघाट सहित कोण सभामा सहभागी भए ।

त्यस्तै आईतवार नै थाहा नगरपालिकाको बज्रवाराही सरस्वती बजारमा भएको सभालाई वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु विरोध खतिवडा, कुमारी मोक्तान र इन्द्रबहादुर बानियाँले संबोधन गर्नुभएको थियो ।

संबोधनका क्रममा उम्मेद्वारहरुले थाहा नगरलाई कृषि र पर्यटनसंग जोडेर उत्पादनमुखी बनाउदै लान अब बन्ने सरकारले पहल गर्ने बताउदै गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए ।

उहाँहरुले संबिधानको र लोकतान्त्रिक ब्यवस्थाको रक्षाको लागि गठबन्धन भएको र अब मुलुकको बिकास पनि निर्वाचन पश्चात् बन्ने गठबन्धन सरकारले गर्ने भएकोले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन मतदाता समक्ष अनुरोध गर्नुभयो ।

वडागत निर्वाचन परिचालन कमिटिका संयोजकहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमति प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बहादुर बिष्ट, प्रदेश कमिटि सदस्य लवशेर बिष्ट, इन्द्रबहादुर श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य जयराम लामिछाने, नेकपा एकीकृत समाजवादीका केन्द्रिय प्रचार बिभाग सदस्य शन्तराम बिंडारी, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य ईश्वरलाल रुम्बा, किरणमान बल, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष विनोद कुमार लामा,बनेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली, माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट लगायतका उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *