ठिंगन, ललितपुर र काभ्रे जोड्ने बाटो निर्माण र स्तरीकरण गर्ने जिम्मा गठबन्धनको हो : छिन्तु

बकैया । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले ठिंगन, ललितपुर र काभ्रे जोड्ने बाटो निमार्ण र स्तरीकरण गर्ने जिम्मा गठबन्धनको भएको बताउनुभएको छ । आइतबार बकैया गाउँपालिका वडा नम्बर १२ स्थित ठिंगनमा निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उम्मेदवार पुलामी ले यहाँको जनताको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य ,स्वरोजगार, कृषि तथा पशुपालन लगायत जनताको जिविकोपार्जन सहज बनाउने काममा आफ्नोतर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो । उहाँले यसअघि प्रदेशसभामा रहदाँ पनि ठिंगनको विकासमा लागिपरेको जनाउनुभयो ।

उम्मेदवार पुलामीले हामीले ल्याएको परिवर्तनलाई कुल्चन प्रतिगामीहरु सल्बलाई रहेको जिकिर गर्नुभयो । एमालेको सूर्य चिन्ह किनेर जनआन्दोलनका बिरोधी, संघियता बिरोधीहरु तपाईहरुको घरघरमा विभिन्न प्रलोभन देखाएर आएको भन्दै पुलामीले त्यस्ता व्यक्तिबाट सचेत रहन आग्रह गर्नुभयो । यो देशको परिवर्तन र जनताको आवश्यकता र समस्या बुझ्ने भनेकै गठबन्धन भएकाले ढुक्कले रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान दिई बिजयी गराउन ठिंगनका जनतासंग अपिल गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रिय सदस्य बिजय गौतमले अब बन्ने लोकतान्त्रिक गठबन्धन सरकारले देशलाई समृद्धीतर्फ लैजाने दाबी गर्नुभयो । उहाँले देशमा केपी ओली र त्यसका प्रवृत्ति रहेसम्म विकासले गति लिन नसक्ने पनि बताउनुभयो । त्यसका लागि गठबन्धनको जित सुनिश्चित गर्नुपर्ने तपाईहरुको जिम्मेवारी भएको भन्दै गौतमले त्यहाँका मतदातासंग भोट दिन आग्रह गर्नुभयो ।

लोकतान्त्रिक बामगठबन्धन निर्वाचन परिचालन समिति बकैया वडा नम्बर १२ का संयोजक संजय डिम्डुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *