मकवानपुरका जनताले राजधानीमा बसेको महशुस हुने विकास गर्छौ : उम्मेदवार मोक्तान

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपरका जनताले अब वास्तबिक रुपमा राजधानीवासी भएको महशुस गर्न पाउनेगरी विकासको रोडम्याप तयार गर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको ११ नम्बर वडामा घरदैलोको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नवलपुरको सरस्वती टोल र शान्ति चोकमा गरिएको घरदैलोमा मतदाताहरुले राजधानीमा बसेपनि राजधानी बन्दा र नबन्दा बिचको अन्तर महशुस भने नभएको गुनासो गरेका छन् । पटक–पटक जिताएर पठाएको उम्मेदवारहरुबाट भन्दा बिगतमा एकपटक ब्यबस्था बदल्न र अर्को पटक त्यसलाई संस्थागत गर्न पठाइएको नेताहरु सफल भएको कारणपनि पुनः मोक्तानलाई जिताउने बताउँदै अग्रिम शुभकामना ब्यक्त गरेका छन् ।

मतदाताहरुले यस वडाकै मान्छे मूख्यमन्त्री बनेर आएपनि सोचेअनुरुपको विकासका काम हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले यस क्षेत्रमा स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, स्वरोजगार तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गरे ।

मतदाताहरुको गुनासोपछि उम्मेदवार मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनको बिजयी भए यहाँको समस्या समाधानमा पहिलो प्रथामिकता दिइने बचन दिनुभयो । आफु सामाजिक विकासमन्त्री भएपछी शैक्षिक गुणस्तर बृद्धी गर्नुको साथै सांसद विकास कोषबाट प्राप्त रकमले विभिन्न शिर्षकमा यस क्षेत्रमा बिनियोजन भएको र अब पुनः अधुरा कार्य सम्पन्न गर्न आफुलाई बिजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *