हेटौंडामा एमाले उम्मेदवारको घरदैलो, जनतामाझ के के गरे बाचा ?

हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । त्यसै अभियान अन्तर्गत नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कमल थापा, मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठ र बागमती प्रदेशका समानुपातिक उम्मेद्बार भारती पाठक हेटौंडा ८ मा घरदैलो गर्नुभएको हो ।    


घरदैलो कार्यक्रममा स्थानीयले हेटौंडा औद्योगिक क्षेत्रलाई अझ राम्रो  बनाउनुपर्ने बताउनुभयो । बन्द भएका कलकारखाना हरुलाई संचालन गरि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न उम्मेद्बारहरुलाई स्थानीयले आग्रह गरेका थिए । रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगार पलायन भएकोले उत्पादनसङ्ग जोड्न निति निर्माणका लागि उम्मेद्बारलाई सुझाव दिएका थिए । बस्तीहरु बाक्लो हुँदै गएकोले यसलाई व्यबस्थित बस्तीका रुपमा लैजान भुमिका खेल्न पनि स्थानीयले सुझाव दिएका छन् ।


स्थानीयको सुझाव अनुसार जिम्मेवारी बहन गर्ने उमेदवार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । एमाले नेतृत्वको सरकारको पालामा धेरै बिकासका कामहरू सुरु भएकोले जिताएर पठाउन उहाँहरुके मतादातालाई आग्रह गर्नुभयो । मकवानपुरमा भएका उद्योग कलकारखानालाई उचित ब्यबस्थापन गर्ने, नयाँ औद्योगिक क्षेत्रको बिस्तारलाई अझ सुदृढ बनाउने धारणा राख्नुभयो ।


यसैगरी केही घरमा खानेपानीको पनि समस्या भएकोले त्यसको लागि पनि उचित व्यबस्थापन हुने उहाँहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *