जनताको अपेक्षा पुरा हुनेछ : नेता मोक्तान

हेटौंडा । सामाजिक विकास मन्त्री एबम् प्रदेश सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले जनताको अपेक्षा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मकवानपुरको भिमफेदी गाऊँपालिका ३ को चिलाउने डाँडा र पान्द्राङमा मतदाताको गुनासो र अपेक्षा सुन्नेक्रममा यस्तो बताउनुभएको हो ।

भिमफेदी ३ चिलाउने डाँडाका मतदाताहरुले खानेपानीको समस्या रहेको बताएका छन् । हालसम्म खानेपानी बिस्तारको लागि उम्मेदवार मोक्तानले सांसद बिकासकोषबाट उपलब्ध गराउनुभएको १० लाखले डिपिआर तयार भएको बताउदै स्थानियले अब आयोजना सम्पन्न गरिदिनको लागि मोक्तानलाई आग्रह गरेका छन् ।

भिमफेदी  ३ का राजकुमार घलानले डिपिआर तयार सम्मको कार्यको लागि धन्यबाद दिंदै आयोजना सम्पन्न गरिदिनको लागि अनुरोध गर्नुभयो । यसको साथै आफ्नो क्षेत्रको थप विकासको लागि लाग्न समेत उहाँले आग्रह गर्नुभयो । हालसम्म जितेर आफुहरुुसंग नै रहेको बताउदै उहाँले आगामी दिनमा पनि जनताको साथ नछोड्न नेता मोक्तानलाई बताउनुभयो ।

त्यसैगरी भिमफेदी ३ पान्द्राङका मतदाताले बिगतमा मोक्तानले पुल निर्माणको लागि उपलब्ध गराएको ६४ लाखको लागि धन्यबाद ब्यक्त गर्दै बाँकी निर्माण सम्पन्न गर्न सकेत माग गरेका छन् ।

उम्मेदवार मोक्तानले अब जनताले फेरी पनि विकास निर्माणको लागि भन्दै यताउता धाउन नपर्नेगरी विकासको मोडल तय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । खानेपानी र पुल निर्माण सम्पन्न हुने बताउदै उहाँले जनताले खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा र रोजगारसंगै विकास निर्माणको लागि समेत आफु लागिपर्ने जनाउनुभयो ।

हिजोको संघर्ष ब्यबस्था बदल्न र प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि भएको र अब भने अबस्था सुधारेर समृद्ध समाज निर्माणको लागि लागिपर्न आफु मत माग्न आएको बताउनुभयो । मतदाता भेटघाटको क्रममा उहाँले बिगतको परिबर्तनदेखी भोलीको भबिश्यसम्मको लागि आफु संघर्षरत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *