हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशलराज पाण्डेको निधनप्रति महासंघले बुधबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
श्रद्धाञ्जली सभामा महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा, प्रताप बिष्ट, निर्वतमान अध्यक्ष हरि हुमागाई र केन्द्रिय सदस्य सुनिल खड्काले स्वर्गीय पाण्डेले पत्रकारितामा दिनुभएको योगदानलाई सबैले प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने भनाई व्यक्त गरेका थिए ।
पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपालका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार), स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।
फोक्सोको क्यान्सरबाट ग्रसित महासंघ मकवानपुरका पूर्व अध्यक्ष पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । महासंघको नेतृत्वमा बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदना समेत प्रकट गरेको छ ।
यसैबिच, पत्रकार महासंघ मकवानपुरको आजै बसेको कार्यसमिति बैठकले यहि कात्तिक १९ गते तय भएको १७ औं साधारणसभा स्थगित भएको छ । महासंघ पूर्व अध्यक्ष कौशलराज पाण्डेको निधनप्रति शोक पारित गर्दै उक्त दिन साधारणसभा स्थगित गरिएको हो ।
महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमका अनुसार स्थगित साधारणसभा यहि कात्तिक २५ गते आयोजना गरिने भएको छ ।