प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रजाले बानियाँलाई समर्थन गर्ने

हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका खुशीलाल प्रजाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै स्वतन्त्र उम्मेदवार प्रजाले आफ्नो उम्मेदवारी फिर्ता लिई प्रदेशसभा ‘ख’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रहेका ईन्द्र बानियाँलाई पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रको चेपाङ संघ बागमती प्रदेश अध्यक्ष समेत रहेका प्रजाले आफ्नो स्वतन्त्र उम्मेदवारीले माओवादीको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीमा गम्भिर क्षति पुग्ने विज्ञप्तिमा जनाउनुभएको छ ।

प्रजाले यस उम्मेदवारीबाट संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखिएको भन्दै समृद्ध लोकतान्त्रिक नेपाल निमार्णका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बानियाँलाई रुख चिन्हमा मतदान गरी बिजयी गराउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले निर्वाचन आयोगमार्फत उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिलेपनि राजनीतिक रुपमा आफु उम्मेदवार नरहेको पनि प्रष्ट्याउनुभएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.