पुराना तिता कुरा बिर्सिएर गठबन्धनमा मतदान गर्नुस् : डिना

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले पुराना तिता कुरा बिर्सिएर प्रतिनिधि सभामा चुनाव चिन्ह रूख र प्रदेश सभामा गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७, हात्तिखोलामा प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहनु भएकी डिनाले हरेक तह तप्कामा शक्ति बाँडिएको भन्दै सीमान्तकृत, आदिवासी जनजाति, महिलाको पूर्ण अधिकारका लागि जनताको घर दैलो गरेर मत जोगाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

‘यातायातको क्षेत्रमा हेटांैडा नगरमा रिङरोड, शिक्षामा महिला छात्रावास, सम्पूर्ण वडालाई जोड्ने पक्की सडक पूर्वाधार र सुविधा सम्पन्न स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले लिलामीमा सूर्य लिएर कमल थापा मकवानपुरमा आएको बताउँदै जनआन्दोलनको दोषीलाई परास्त गरी गठबन्धन जिताउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनप्रसाद गौतमले गठबन्धन फटाहाहरुले भनेजस्तो नभएको जिकिर गर्दै कमल थापाले किनेर चुनाव चिन्ह लिए जस्तो नभएको बताउँनुभयो । ‘गफले मुलुक नचल्ने रहेछ, हिजो गणतन्त्रलाई बुटले हान्नेहरु आज एमालेको टिकट लिएर आएका छन् ।,’ उहाँले भन्नुभयो, ‘यो भष्ट्राचार गर्ने र नगर्ने बिचको लडाइँ हो, जनताले दुई तिहाई दिएर पठाएका ओलीले आफ्नो वरीपरी भष्ट्राचारी मात्रै भेला गराएर मुलुक नै डुबाएको छन् ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जीवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाल लगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बकैया गाउँपालिका ७ नम्बर वडा प्रचार प्रसार संयोजक भोजराज लामिछानेको अध्यक्षतामा भएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.