बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको छ : छिन्तु

हेटौंडा, कात्तिक १४ गते । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जनआन्दोलनका दोषीलाई बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको बताउनुभएको छ । सोमबार हर्नामाडीको रामधुनीमा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उम्मेदवार छिन्तुले सो कुरा उल्लेख गर्नुभयो ।

‘एमालेका साथीहरु तपाईको पार्टीले तपाईहरुलाई अप्ठ्यारो बनाइदिएको छ ,यता जिल्ला नेताले उम्मेदवारी दिदैँ गर्दा बालकोटमा सूर्य चुनाब चिन्ह लिलाम बिक्रीमा राखिएको थियो, उहाँले भन्नुभयो– ‘जनताको नजरबाट गिरेका मान्छेहरु पनि त्यो लिलाम टेण्डर सर्खान सक्दो रहेछ, लिलाम सर्खान यता आएको छ भन्ने पनि मैले सुनेको छु , त्यहि चुनाब चिन्हमा जनआन्दोलन बिरोधीलाई भोट कसरी दिन सक्नुहुन्छ र ?उहाँको प्रश्न थियो ।

उम्मेदवार छिन्तुले एमालेका साथीहरुलाई भोट कता हाल्ने भन्ने दुविधामा नपरीे साझा र सजिलो रहेको बाम गठबन्धनका उम्मेदवार डिना र आफुलाई भोट दिन आग्रह गर्नुभयो । गठबन्धनका उम्मेदवारहरु अहिलेसम्म निष्कलंक नै रहेको उहाँको दाबी थियो ।

उहाँले मुलुकको हितका लागि एमालेका साथीहरुले रुख चिन्हमा समेत भोट हाल्न सक्नुपर्ने बताउनुभयो । ‘एमालेमा भोट हालिरहनुभएका साथीहरुलाई गोलाकारभित्रको हँसिया हथौडामा बानी परेकै छ, यदी मुलुकको हित हुन्छ भने अप्ठ्यारो नमानी रुख चिन्हमा पनि तपाईहरुले भोट हाल्नसक्नुपर्छ ।’

उम्मेदवार छिन्तुले अघिल्लो प्रदेशसभा सदस्य हुँदा आफ्नो क्षेत्रको हरेक कार्यक्रममा शरीक भएको बताउनुभयो । उहाँले अधुरा रहेका कार्यहरुलाई निरन्तरता दिन पनि पुनः उम्मेदवारी दिएको जनाउनुभयो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.