हेटौंडामा लागुऔषधसहित एक युवक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर  १४ कालापानी बस्ने २३ बर्षका समिर थोकर रहेका छन् । उनको साथबाट लागुऔषध कोडिवेल ७ बोतल, ट्रामाडोल १० क्याप्सुल र ल्याबोरेट १८ क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बेलुकी ५ बजेर १६ मिनेटका समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कालापानीस्थित भित्री बाटोमा ना ५४ प ३४५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका थोकरमाथि थप अनुसनधान भइरहेको पनि प्रहरी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *