चाडपर्वहरुको संरक्षण र संवर्द्धन गर्न जरुरी छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा ओलीलाई विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेल भाइटीका लगाइ दिएका हुन् ।

उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका छन् ।

टीकापछि पत्रकारसित कुरा गर्दै एमालेका अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हाम्रा चाढपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदीबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैन थियो भने दिदीबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाईटीकाको कारणले सम्भव छ । चाडहरु विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरुको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *